काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगञ्जमा भेटिएका तीन कोरोना संक्रमितहरुको संसर्ग भएका र उनीहरु गएका स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ सुरु भएको जनाएको छ ।
‘पर्साको वीरगंज महानगरपालिका, वडा न. २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यस मध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड–१९ को शंका लागि नारायणी अस्पताल, वीरगन्जमा आईसोलेशनमा राली निजहरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परीक्षण गरिएको थियो ।
उक्त परीक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुनः एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार पुन परीक्षण गरिएकोमा त्यहाँबाट समेत पोजिटिभ देखिएको हुँदा निजहरुको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्यहरू भैरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ’ स्वास्थ्य मन्त्रालयले भनेको छ ।
सम्बन्धित खबर
आज देशभरको मौसम कस्तो रहन्छ?
सहकारी प्रकरणको छानबिन समिति बनाउन सत्तापक्ष र काँग्रेस सहमत
प्रहरीमा चार एसएसपी डीआईजी बढुवाका लागि सिफारिस
शौचालय जाँदा लडेर एक महिलाको मृत्यु
भारतीय ब्रान्ड एमडिएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक
काठमाडौँमा प्रहरी जवान शंकास्पद अवस्थामा मृत फेला
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग