काठमाडौं । समाजवादी पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले पूर्व स्वास्थ्य राज्यमन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई अपहरण गरिएको दाबी गरेको छन् ।
बुधबार साझ आफ्नो फेसबुकमार्फत पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले डा. यादवलाई जनकपुरबाट अपहरण गरेको दाबी गरेका हुन् ।
उनले लेखेका छन्,
‘आज वैशाख १० गते साँझ ५ बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडौंतिर लगेको छ!’
प्रहरीको भ्यान पछाडि पछाडि आफ्ना पार्टीका कार्यकर्ता पनि आइरहेको उनले दावी गरे । पार्टीका कार्यकर्ताले बाटैमा प्रहरीको भ्यानलाई रोक्ने पनि प्रयास गरिरहेको उनले दावी गरेका छन् ।
सरकारले अध्यादेशबाट दल बदल ऐन संशोधन गरेपछि समाजवादी पार्टी फुट्ने चर्चा निकै चलेको थियो ।
समाजवादी पार्टीकै अध्यक्ष उपेन्द्र यादवले पनि आफ्ना पार्टीका सांसदलाई धम्की दिने, विभिन्न प्रलोभन दिने, घेरा हाल्ने कामहरु गरिरहेको दावी गरेका छन् ।
तर सोही पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले डा.यादव अपहरणमा नपरेको दावी गरेका छन् । उनले भने, ‘विहान डाक्टर साहबसँग मेरो कुरा भएको थियो, उहाँले आफू ससुरालीतिर गइरहेको भन्नुभएको थियो, उहाँ अपहरणमा पर्नुभएको छैन ।’
धनुषा प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले काठमाडौंबाट डा. बाबुराम भट्टराई समुहले अनावश्यक हल्ला गरेर प्रहरीलाई मुच्छ्ने प्रयास गरेको आरोप लगाए ।
प्रहरीले कसैको अपहरण गरेको भन्दै अनावश्यक हल्ला गराएकोप्रति आफ्नो ध्यानाकर्षण भएको उनले बताए ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने