काठमाडौं । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका एक र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए ।
उनका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । उनका अनुसार सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३ र ४६ वर्षका रहेका छन् ।
आज थप ३ जनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् । अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा छन् । सङ्क्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए । सङ्क्रमितको नजिक रहेकाहरुको कन्ट्र्याक ट्रेसिङसमेत भइरहेको जनाइएको छ ।
वीरगञ्जमा थपिएको भनिएको कोरोना संक्रमित पुरानै
वीरगञ्जमा थपिएका भनिएका कोरोना संक्रमित नयाँ नभएको पाइएको छ । आइतबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमित पुष्टि भएर नारायणी अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको पुन: परीक्षणको रिपोर्ट बुधबार पनि पोजेटिभ आएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले त्यसलाई नयाँ केसको रुपमा गणना गरेका थिए ।
त्यसै सूचनाका आधारमा समाचार प्रकाशित गर्दा हुन गएको त्रुटिप्रति क्षमाप्रार्थी छौं । -सम्पादक
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान