काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमणको ५८ हजार वटा परीक्षण गरिएको छ ।
जसमध्ये ४६ हजार ८ सय ६० वटा परीक्षण र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको हो भने प्रयोगशालामा १२ हजार ११ वटा गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा ५ हजार ४ सय ५६, बागमती प्रदेशमा ८ हजार ३ सय ६१ नमुना परीक्षण भएका छन् ।
यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ३ हजार ७ सय ९, कर्णाली प्रदेशमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ वटा आरडिटी विधिबाट कोरोना एन्टीबडी परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
विगत २४ घण्टामा प्रयोगशाला र र्यापिड टेस्ट गरी करिब १७ सय वटा नमुना परीक्षण भएको छ ।
ती सबैका नतिजा नेगेटिभ आएको छ ।
हालसम्म नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसमध्ये १६ जना निको भई घर फर्किसकेका छन् ।
संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगरको कोशी अस्पतालमा ३१ जना उपचाररत छन् ।
त्यसैगरी वीरगञ्जमा ८ र भरतपुर तथा कैलालीमा १—१ जना उपचाररत रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
अहिले देशभर गरी २३ हजार हजार ३ सय ३६ जना क्वारेन्टाइनस्थलमा छन् ।
उपत्यकामा ३ र उपत्यका बाहिरका अस्पतालमा ७७ गरी ८० जना आइसोलेसनमा रहेका छन् ।
सम्बन्धित खबर
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ