काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमणको ५८ हजार वटा परीक्षण गरिएको छ ।
जसमध्ये ४६ हजार ८ सय ६० वटा परीक्षण र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको हो भने प्रयोगशालामा १२ हजार ११ वटा गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा ५ हजार ४ सय ५६, बागमती प्रदेशमा ८ हजार ३ सय ६१ नमुना परीक्षण भएका छन् ।
यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ३ हजार ७ सय ९, कर्णाली प्रदेशमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ वटा आरडिटी विधिबाट कोरोना एन्टीबडी परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
विगत २४ घण्टामा प्रयोगशाला र र्यापिड टेस्ट गरी करिब १७ सय वटा नमुना परीक्षण भएको छ ।
ती सबैका नतिजा नेगेटिभ आएको छ ।
हालसम्म नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसमध्ये १६ जना निको भई घर फर्किसकेका छन् ।
संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगरको कोशी अस्पतालमा ३१ जना उपचाररत छन् ।
त्यसैगरी वीरगञ्जमा ८ र भरतपुर तथा कैलालीमा १—१ जना उपचाररत रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
अहिले देशभर गरी २३ हजार हजार ३ सय ३६ जना क्वारेन्टाइनस्थलमा छन् ।
उपत्यकामा ३ र उपत्यका बाहिरका अस्पतालमा ७७ गरी ८० जना आइसोलेसनमा रहेका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु