पोखरा । भारतले नेपालको भूमी प्रयोग गर्दै बाटो बनाएपछि यतिबेला यसको चर्को विरोध नेपालमा भैरहेको छ । नेपाल सरकारले पनि विज्ञप्ती निकालेर यसको विरोध गरिसकेको अवस्था छ ।
यो घटनाको चर्को विरोध नेपाली चलचित्रका कलाकारहरुले पनि गरिरहेका छन् । कलाकार सिताराम कट्टेलले सामाजिक संजालमा स्टाटस लेख्दै हामी सबैलाई हाम्रो जन्मभूमि स्वर्गभन्दा प्यारो हुने उल्लेख गरेका छन् ।
सिताराम लेख्छन्–‘विभिन्न समयमा नेपालको सिमा मिचिरहने र विवादमा आइरहने भारतले आफ्नो स्वभावलाई पछिल्लो कदम अन्र्तगत लिपुलेक हुँदै चिनको तिब्बतस्थित मानसरोवर जाने सडक निर्माणले प्रष्ट पारेको छ । कालापानी, लिपुलेक र सुस्तामात्र होइन, नेपाल–भारत सीमाका ७१ स्थानमा भारतीय पक्षले सधै विवाद निकाल्दै आएको छ । तसर्थ, स–सम्मान नेपाली भूमि फिर्ता गर्न भारतले यथासक्य छिटो कदम चालोस् भनी आग्रह गर्दछौ ।’ 
उनले, हामीलाई सीमा मिचेर ठूलो भू–भाग भएको छिमेकी हैन, ठूलो हृदय भएको छिमेकी चाहिएको पनि उल्लेख गरेका छन् । उनले, सीमा विवादको बिषयलाई आवेगमा होइन दीर्घकालिन समाधानका लाग संयम भएर अगाडि बढ्न सबैसँग अपिल पनि गरेका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्री बन्ने अघिल्लो दिन बालेनले ल्याए– ‘जय महाकाली’
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’