पोखरामा धेरै समयपछि वर्षात्

पोखरामा धेरै समयपछि वर्षात्

pokhara-3

पोखरा, १० माघ – पश्चिमी वायुको प्रभावका कारण बुधबार रातीदेखि बर्षा भएपछि बुधबार बिहान ११ बजेसम्म पोखराको तापक्रम १२ डिग्री सेल्सियस छ।

देशका अधिकांश भेगमा वर्षा शुरु भएपछि वायुको प्रभाव परेको छ। वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात परेको छ। मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको सो वायु मध्य हुँदै अहिले पूर्वी भेगसम्म प्रभाव जमाइसकेको छ।

साँझसम्म यो वायुको प्रभाव कम हुने र बिहीबारदेखि मौसममा सुधार आउने मौसमविद्हरुको भनाइ छ । बुधबार काठमाडौँ उपत्यकाको तापक्रम ७.३ डिग्री सेल्सियस भएपनि दिउँसो अधिकतम तापक्रम घट्ने भएकाले जाडो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानूमान महाशाखाको पछिल्लो विवरण अनुसार वीरेन्द्रनगरबाहेक सबै स्थानमा वर्षा भएको छ। बुधबार, काठमाडौ उपत्यकामा दुई मिलीमिटर वर्षा भएको थियो। सबैभन्दा बढी डडेल्धुरामा १२ मिलीमिटर वर्षा भएको थियो।

पोखरा न्युज डटकमबाट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds