काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१ नमुना परीक्षण गर्दा यो संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । उनीहरूमध्ये ३ हजार १३४ जना निको भएका छन् ।
थप एकको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
रौतहट घर भएका ३० वर्षका पुरुषको १३ गते राति ललितपुरको स्टार अस्पतालमा मृत्यु भएको हो ।
श्वासप्रश्वासको कठिनाइ भएपछि अस्पताल पुगेका उनलाई आईसीयूमा राखिएको थियो ।
त्यही दिन स्वाब संकलन गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यही राति उनको मृत्यु भयो भने १४ गते कोरोना संक्रमण भएको रिपोर्ट आएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
कहाँ कहाँ थपिए संक्रमित ?
मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित डोटीमा ९६ जना थपिएका छन् ।
बाजुराका ६४ जना, दाङका ५८, अर्घाखाँचीका ३८, बाजुराका ३२, कैलालीका ३०, पाल्पाका २६, गुल्मीका २०, रौतहटका १८, सप्तरीका १५, बाग्लुङका १४ र पर्वतका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, तनहुँका ९ जना, स्याङ्जाका ८, धनुषाका ६, गोरखा, प्युठान र रुपन्देहीका ५÷५ जना, प्युठान, चितवन र महोत्तरीका ४÷४ जना, कपिलवस्तु, धादिङ, डोल्पा र कालीकोटका २/२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, पर्सा, मोरङ, धनकुटा, खोटाङ, काभ्रे, मकवानपुर, रोल्पा, बारा र रुकुम पश्चिमका एक/एक छन् ।
उपत्यकामा ८ जना थपिए
यस्तै, काठमाडौं उपत्यकामा पनि ८ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरूमध्ये ६ जना काठमाडौंका छन् भने भक्तपुर र ललितपुरका एक÷एक जना छन् ।
सम्बन्धित खबर
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग
नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन