पोखरा – कास्की क्षेत्र नं (१) का सांसद दीपक कोइरालाले जनताको साना साना समस्या हल गर्न प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा २५ लाखको विपद कोष बनाउन माग गरेका छन ।
सोमबार सदनमा विशेष समयमा बोल्दै कोइरालाले अविरल बर्षाको कारण ठुलो प्राकृतिक विपत्ती वाहेक अन्य साना साना क्षति भएको ठाउँमा सरकारले तत्काल सहयोग गर्न सक्नुपर्ने बताए । थोरै रकम खर्च गरेर ठुलो धनजन जोगाउन सकिने ठाउँमा पनि तिनै तहका सरकारबाट काम हुन नसकेको उनको भनाई थियो ।
सांसद कोइरालले आफ्नो निर्वाचन क्षेत्र पोखरा ३२ तल्लो गगनगौडा देखि जनताको चौतारो जाने पक्की सडक बगाएको तर १५ थान जाली र थोरै ग्राभेल भए हुने ठाउँमा ११ दिन भइसक्दा पनि पनि काम नभएको , १२सय ४० हेक्टर क्षेत्रफलमा सिंचाई हुने विजयपुर नहरको सय मिटर नहरमा समस्या देखिदा मर्मत हुन नसकेर हजारौ किसान प्रभावित हुन परेको, पृथ्वीराजमार्ग अन्तर्गत पर्ने लामेआहाल सडकमा नाला नहुंददा घरघरमा पानी पस्ने समस्या देखिएको, राधाकृष्ण बृद्धाश्रम लगायतका त्यस क्षेत्रका घरहरु डुवानमा परेको लगायतका समस्या केही लाखले मात्रै काम हुने ठाउँमा पनि काम नभएको भन्दै सभामुख मार्फत प्रदेश सरकारको ध्यानआकर्षण गराए । ‘हाम्रोमा भाषण ठुला ठुला गर्ने काम सानो सानो पनि नहुने अहिलेको मुख्य समस्या रहेको उनको भनाई थियो ।’
सम्बन्धित खबर
विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते