पोखरा – कास्की क्षेत्र नं (१) का सांसद दीपक कोइरालाले जनताको साना साना समस्या हल गर्न प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा २५ लाखको विपद कोष बनाउन माग गरेका छन ।
सोमबार सदनमा विशेष समयमा बोल्दै कोइरालाले अविरल बर्षाको कारण ठुलो प्राकृतिक विपत्ती वाहेक अन्य साना साना क्षति भएको ठाउँमा सरकारले तत्काल सहयोग गर्न सक्नुपर्ने बताए । थोरै रकम खर्च गरेर ठुलो धनजन जोगाउन सकिने ठाउँमा पनि तिनै तहका सरकारबाट काम हुन नसकेको उनको भनाई थियो ।
सांसद कोइरालले आफ्नो निर्वाचन क्षेत्र पोखरा ३२ तल्लो गगनगौडा देखि जनताको चौतारो जाने पक्की सडक बगाएको तर १५ थान जाली र थोरै ग्राभेल भए हुने ठाउँमा ११ दिन भइसक्दा पनि पनि काम नभएको , १२सय ४० हेक्टर क्षेत्रफलमा सिंचाई हुने विजयपुर नहरको सय मिटर नहरमा समस्या देखिदा मर्मत हुन नसकेर हजारौ किसान प्रभावित हुन परेको, पृथ्वीराजमार्ग अन्तर्गत पर्ने लामेआहाल सडकमा नाला नहुंददा घरघरमा पानी पस्ने समस्या देखिएको, राधाकृष्ण बृद्धाश्रम लगायतका त्यस क्षेत्रका घरहरु डुवानमा परेको लगायतका समस्या केही लाखले मात्रै काम हुने ठाउँमा पनि काम नभएको भन्दै सभामुख मार्फत प्रदेश सरकारको ध्यानआकर्षण गराए । ‘हाम्रोमा भाषण ठुला ठुला गर्ने काम सानो सानो पनि नहुने अहिलेको मुख्य समस्या रहेको उनको भनाई थियो ।’
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ