पोखरा – निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन नेपाल (प्याब्सियु) ले लकडाउनको अबधिको तलवको माग गर्दै पोखरा स्थित प्याव्सन, एनप्यासन र युनिप्सको कार्यालयमा तालाबन्दी गरेका छन् । शिक्षक कर्मचारीहरुलाई समेत बाँच्न देउ भन्दै निजी विद्यालयमा कार्यरत–शिक्षक कर्मचारीहरुको उल्लेख्य सहभागितामा तालाबन्दि गरिएको प्याब्सियु नेपालमा केन्द्रिय उपाध्यक्ष शिवलाल उपाध्यायले बताए ।
भीडलाई सम्बोधन गर्दै उपाध्यायले आफुहरु अहिले चरम पीडामा भएपनि कक्षा संचालन भएको खण्डमा जहाँ जुनसुकै अबस्थामा पनि पढाउन तयार भएको बताए । “बिद्यालय भित्र सामाजीक दूरी कायम गरेर होस् या अनलाइन कक्षा संचालन गरेर होस् , हामीहरु बिद्यार्थीलाई पढाउन तयार छौं, तर हामीले खाइपाई आएको तलब यथासक्य पाउनुपर्यो उपाध्यायले भने ।”
तलबकै बिषयलाई लिएर शुरु भएको शान्तिपूर्ण आन्दोलन सोमबार एक महिना पुगेको बताउंदै उपाध्यायले आज मंगलबार तीनवटा सरोकारवाला संस्थामा तालाबन्दी गर्न बाध्य भएको दाबी गरे । “हामीले एन प्याब्सन कास्कीको मुख्य द्वारमा तालाबन्दी गर्न गइरहेका छौं, यदी हामीसंग सम्झौता नगरी कसैले उक्त ताला खोल्ने दुस्साहस गर्छ भने त्यसपछी आउने जुनसुकै परिणामको जिम्मेवार स्वयं संस्था हुनुपर्ने छ ।” उपाध्यायले चेतावनी दिए ।
शिक्षक कर्मचारीको पेशागत सुरक्षाको ग्यारेन्टी गर्दै बालबालिकाको पढ्न लेख्न पाउने अधिकार सुरक्षित गर्ने कुराप्रति निजी विद्यालयका सञ्चालकहरू गम्भीर नदेखिएको उपाध्यायको आरोप छ ।
सम्बन्धित खबर
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा