पोखरा – विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण सरकारले आह्वान गरेको झन्डै चार महिना लामो लकडाउनका कारण थन्किएका सार्बजनिक सवारीसाधन आजदेखी सञ्चालनमा आएका छन् । पोखरा नगरभित्र गुड्ने जम्मा ३६० बसमध्ये आज आधाको संख्यामा मात्र सवारी संचालनमा आएका हुन् ।
पोखरा नगरभित्र बिहानैदेखि सार्बजनिक सवारी चलेपनि बसमा यात्रा गर्ने यात्रुहरुको सङ्ख्या भने अत्यन्त न्यून देखियो । छोरेपाटनबाट बिरौटा, राष्ट्रबैंक चोक, सिर्जनाचोक हुँदै बगरसम्मको रुटमा चल्ने माइक्रोका चालक विकास लामाले सभागृह चोकसम्म आउँदा जम्मा ७ जना यात्रु बसमा चढेको बताए । लामाका अनुसार “आफ्नो निजी सवारी नभएका, अफिसियल कामकाजी ब्याक्ति र नगई नहुने अबस्थाका मानिस मात्र सार्बजनिक बसमा चढेका छन । “
त्यस्तै पोखराको हरीचोकबाट चाउथेका लागि छुटेको मिनी माइक्रो बिन्दवासिनी, मालेपाटन जिरोकिमी, पृथ्बीचोक हुँदै बुद्दचोकसम्म आउँदा जम्मा ५ जना यात्रु चढेको चालक अविनाश विकले बताए । पहिले- पहिले आधा किलोमिटर हिंड्न माइक्रो रोक्थे, अहिले टाढा-टाढा पुग्नुपर्ने मानिस पनि पैदलै हिंड्न तम्सिए, ‘खै कोरोना सर्छ भनेर होकी, केले हो ?’ विकले अनभिज्ञता देखाए ।
त्यसो त सार्बजनिक बसमा यात्रुको संख्या कम हुनुमा कोरोनाको त्रासलाई मात्र लिन सकिंदैन । सरकारले साउनभर एउटा जिल्लाभित्र वा एउटा जिल्लाबाट अर्काे जिल्लामा सवारीसाधन चलाउन नपाउने निर्णय गरेका कारण गाउँबाट बिभिन्न उद्देश्यले शहर झरेका अधिकांश मानिस अहिले गाउँमै रोकिएका छन् । बिशेष गरी शिक्षक बिद्यार्थी, निजी संस्थामा काम गर्ने जागिरे तथा ब्यापार व्यवसाय गर्ने धेरै मानिस अहिलेपनि लामो दूरीका सवारी नचल्दा शहर भित्रन पाएका छैनन् ।
सार्वजनिक सवारी सञ्चालन गर्दै आएको पोखराको सबैभन्दा ठूलो कम्पनी पोखरा यातायात प्रालिले आज आधा मात्र सवारी साधन चलाएको जानकारी कम्पनीका प्रबन्ध निर्देशक अमृत शर्माले दिए । ‘आधारभूत सुरक्षा सतकर्ता अपनाएर आज आधा मात्र सवारी साधन सञ्चालनमा ल्याएका छौं शर्माले भने।’ उनका अनुसार पोखरामा कम्पनीमा आबद्ध ३६० सवारी साधन सञ्चालन हुँदै आएका छन् । पोखरामा विभिन्न यातायात कम्पनीका करीब आठ सय बस तथा दुई हजार ५०० ट्याक्सी सञ्चालन हुँदै आएका छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ