पर्वत – ढुंगालाई बहुमूल्य वस्तु भन्दै ठगी गरेको आरोपमा पर्वतबाट चार जना ब्याक्ति पक्राउ परेका छन्
पक्राउ पर्नेमा फलेवास नगरपालिका–५ खानिगाउँ बस्ने ४० वर्षीय निर्मल विक, उनकी श्रीमती ३६ वर्षीया गुमा विक, जलजला गाउँपालिका–३ डेरा गरी बस्ने बागलुङका ३५ वर्षीय मञ्जिल शाह र म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुक घर भइ हाल फलेवास बस्ने २४ वर्षीय मनिष बोहोरा छन् ।
प्रहरीका अनुसार निर्मल विकले सेतो रङको ढुंगालाई ‘यो लाईट स्टोन बहुमूल्य ढुंगा हो, यसको मूल्य करोडौं पर्छ, पानी भएको गीलासमा राख्यो भने केही वेरमा पानी आइस हुन्छ’ भन्दै सम्पादन गरीएका भिडियो बिभिन्न माध्यमबाट मानिसलाई पठाउने गर्दथे । आफैले विशेष चमक दिएको उक्त सामान्य ढुंगालाई कसैले लिन चाहेको खण्डमा मिलाएर दिने भन्दै मानिसलाई प्रभावमा पार्ने गरेको पर्वतका डिएसपी तथा प्रहरी प्रवक्ता विश्वराज अधिकारीले गण्डक न्यूजलाई वताए ।
बहुमूल्य ढुंगाको प्रभावमा परी स्याङ्गजा वसोवास गर्दै आइरहेका रुपन्देहीका देवबहादुर मल्ललाई ५० हजार रुपैयाँमा बिक्री गरेकोमा विकले सो रकम श्रीमती गुमाको नाममा पर्वत जिलाको ठेगानामा पठाएका थिए। तर, बहुमूल्य भन्दै देखाएको ढुङ्गा नक्कली भएको पाइएपछि प्रहरीले विक सहित ठगी कार्यमा संग्लन चार जनालाई पक्राउ गरेको हो ।
हाल पक्राउ परेका उनीहरुमाथी ठगीको आरोपमा मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
सम्बन्धित खबर
‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’ – एमाले महासचिव पोखरेल
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सम्मान हो: प्रदेश प्रमुख भट्ट
संकटको बेला सरकारले नै सर्वदलीय बैठक बोलाउनुपर्थ्यो : शंकर पोखरेल
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा