पर्वत – ढुंगालाई बहुमूल्य वस्तु भन्दै ठगी गरेको आरोपमा पर्वतबाट चार जना ब्याक्ति पक्राउ परेका छन्
पक्राउ पर्नेमा फलेवास नगरपालिका–५ खानिगाउँ बस्ने ४० वर्षीय निर्मल विक, उनकी श्रीमती ३६ वर्षीया गुमा विक, जलजला गाउँपालिका–३ डेरा गरी बस्ने बागलुङका ३५ वर्षीय मञ्जिल शाह र म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुक घर भइ हाल फलेवास बस्ने २४ वर्षीय मनिष बोहोरा छन् ।
प्रहरीका अनुसार निर्मल विकले सेतो रङको ढुंगालाई ‘यो लाईट स्टोन बहुमूल्य ढुंगा हो, यसको मूल्य करोडौं पर्छ, पानी भएको गीलासमा राख्यो भने केही वेरमा पानी आइस हुन्छ’ भन्दै सम्पादन गरीएका भिडियो बिभिन्न माध्यमबाट मानिसलाई पठाउने गर्दथे । आफैले विशेष चमक दिएको उक्त सामान्य ढुंगालाई कसैले लिन चाहेको खण्डमा मिलाएर दिने भन्दै मानिसलाई प्रभावमा पार्ने गरेको पर्वतका डिएसपी तथा प्रहरी प्रवक्ता विश्वराज अधिकारीले गण्डक न्यूजलाई वताए ।
बहुमूल्य ढुंगाको प्रभावमा परी स्याङ्गजा वसोवास गर्दै आइरहेका रुपन्देहीका देवबहादुर मल्ललाई ५० हजार रुपैयाँमा बिक्री गरेकोमा विकले सो रकम श्रीमती गुमाको नाममा पर्वत जिलाको ठेगानामा पठाएका थिए। तर, बहुमूल्य भन्दै देखाएको ढुङ्गा नक्कली भएको पाइएपछि प्रहरीले विक सहित ठगी कार्यमा संग्लन चार जनालाई पक्राउ गरेको हो ।
हाल पक्राउ परेका उनीहरुमाथी ठगीको आरोपमा मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
सम्बन्धित खबर
पृथ्वी राजमार्गको मझिमटार खण्ड तीन घण्टा बन्द हुने
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते