गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको हो ।
उपत्यका बाहिरबाट आएका यात्रुहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भए लगतै मन्त्रालयले यो कदम चालेको हो ।
नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यकता परेको भन्दै गृहले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा र ढुवानीका साधन बाहेक अन्य सवारी प्रवेशमा रोक लगाएको छ ।
उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र पास बिना आवागमन पूर्ण रुपमा बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
निर्णय कार्यान्वयन गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई गृहले ‘विशेष निर्देशन’ दिएको छ ।
काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाबाट परीक्षण गर्दा २४ जनालाई देखियो कोरोना
काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा नाकाबाट परीक्षण गरिएकामध्ये २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। थानकोट, फर्पिङ र साँगाबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।
तीन वटा नाकामध्ये संक्रमित संख्याको प्रतिशत बढी फर्पिङ र साँगा नाकाको रहेको प्रवक्ता गौतमले जनाए।पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि मन्त्रालयले मुख्य प्रवेश विन्दुबाट १० हजार जनाको परीक्षण गर्ने भनेको छ।
जस अनुसार ८ हजार ५ सय स्वाब संकलन गरिसकिएको छ। त्यहीमध्ये झन्डै साढे ३ हजारको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो। अझै धेरै नमूना परीक्षण गर्न बाँकी रहेकाले यो संख्या बढ्ने देखिन्छ।
हेर्नुहोस् गृह मन्त्रालयको सूचना

सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्