गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको हो ।
उपत्यका बाहिरबाट आएका यात्रुहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भए लगतै मन्त्रालयले यो कदम चालेको हो ।
नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यकता परेको भन्दै गृहले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा र ढुवानीका साधन बाहेक अन्य सवारी प्रवेशमा रोक लगाएको छ ।
उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र पास बिना आवागमन पूर्ण रुपमा बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
निर्णय कार्यान्वयन गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई गृहले ‘विशेष निर्देशन’ दिएको छ ।
काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाबाट परीक्षण गर्दा २४ जनालाई देखियो कोरोना
काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा नाकाबाट परीक्षण गरिएकामध्ये २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। थानकोट, फर्पिङ र साँगाबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।
तीन वटा नाकामध्ये संक्रमित संख्याको प्रतिशत बढी फर्पिङ र साँगा नाकाको रहेको प्रवक्ता गौतमले जनाए।पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि मन्त्रालयले मुख्य प्रवेश विन्दुबाट १० हजार जनाको परीक्षण गर्ने भनेको छ।
जस अनुसार ८ हजार ५ सय स्वाब संकलन गरिसकिएको छ। त्यहीमध्ये झन्डै साढे ३ हजारको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो। अझै धेरै नमूना परीक्षण गर्न बाँकी रहेकाले यो संख्या बढ्ने देखिन्छ।
हेर्नुहोस् गृह मन्त्रालयको सूचना

सम्बन्धित खबर
शिक्षामन्त्री पुनले भने- कति साह्रै हावा कुरा गरेको हाउ यो दुर्गा भाइले !
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
आगजनी गर्ने बानी भयो भने भोलि जो कोहीले जो कसैलाई जलाउन सक्ने चिन्ता भएको छ: प्रधानमन्त्री
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’