काठमाण्डौ – कुवेत, साउदी र ईराकमा राम्रो रोजगारीको अवसर छ भन्दै प्रलोभनमा पारी भारतमा लगेर ६ महिलालाई बन्धक बनाएको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने खोटाङ राबाबेसी गाउँपालिका-१ घर भएका ३९ वर्षीय पुष्प परियार र काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने दाङ घोराही उपमहानगरपालिका-९ घर भएका ५६ वर्षीय प्रविन शबिन शाह रहेका छन् ।
उनीहरुले झापा, मोरङ र पर्वतबाट ६ जना महिलालाई प्रलोभनमा पारी २०७६ फागुन ३० गते नेपालगंज नाका हुँदै भारतको नयाँ दिल्ली पुर्याएर एउटा घरमा बन्धक बनाई शारिरिक तथा मानसिक यातना दिएको ब्यूरोले जनाएको छ । बन्धकमा रहेका उनीहरुलाई ब्यूरो र शान्ति पुनर्स्थापना केन्द्र नयाँ दिल्ली समेतको सहयोगमा उद्दार गरी काठमाण्डौ ल्याइएको हो ।
पक्राउ परेका उनीहरू उपर थप अनुसन्धान भइरहेको व्यूरोको भनाई छ ।
सम्बन्धित खबर
सामाजिक विकास मन्त्री सीता सुन्दास र उर्जामन्त्री बेदबहादुर ‘श्याम’ले लिए सपथ
मुख्यमन्त्री खगराजले मन्त्रिपरिषद् विस्तार गरे, सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्यो क्याम्पसहरूसँग समझदारी
स्याङ्जा साल्मेडाँडाको गोर्खा स्मारक निर्माण कार्यलाई तीव्रता दिइने
पोखरामा एकै दिन दुई किशोरको डुबेर मृत्यु, फुस्रेखोलामा फेरि १६ वर्षका सुप्रिम डुबे
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग