स्याङ्गजा – स्याङ्गजाको फेदीखोलास्थित भालुपहाडमा क्षतविक्षत अवस्थामा फेला परेको मोटरसाइकल नजिकै आधा सडेको अवस्थाको मानव कंकाल फेला परेको छ ।
आइतबार फेदीखोला गाउँपालिका-२ भालुपहाडस्थित सेती खोलाको किनारमा निलो रङको बुलेट मोटरसाइकल क्षतविक्षत अवस्थामा भेटिएको थियो ।
मोटरसाइकल क्षतविक्षत अवस्थामा भेटिएपछि आज बिहानैदेखि प्रहरीसहित आफन्तको टोलीले घटनास्थल वरपर खोजतलास गर्ने क्रममा मोटरसाइकल भेटिएको स्थानबाट अन्दाजी ८ मिटर माथि भीरमा मानव कंकाल फेला परेको स्याङ्गजाका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीले गण्डक न्युजलाई बताए ।
‘हिजो (आइतबार) साँझ मोटरसाइकल भेटियो भनेपछि हामी आज बिहान घटना भएको स्थानमा गयौ’ डिएसपी अधिकारीले भने ‘आफन्त सहितको टोलीले घटनास्थल वरपर खोजतलास गर्दा माथि भीरमा झाड़ी भित्रबाट दुर्गन्ध आएपछि झाडी फाँडेर हेर्दा शव गलिसकेको अवस्थाको मानव कंकाल फेला पार्यौं ।’
परिवारले पुष्टी गरे
दुर्घटनाग्रस्त बुलेट मोटरसाइकल भेटियो भन्ने खबर सुनेर सोमबार घटना भएको स्थान भालुपहाड स्थित सेती किनारमा आइपुगेका परिवारले उक्त कंकाल पंकजको भएको पुष्टी गरेका छन ।
पंकजको बुबा जिवन गिरीले कंकालसंगै फेला परेको वस्त्रको आधारमा कंकाल आफ्नै छोरा पंकज गिरीको भएको पुष्टी गरेका हुन ।
पंकजका बुबासंगै आएका अंकलहरु रामु गिरी, रमेश गिरी र सुशिल गिरीलगायतले वस्त्रको आधारमा पहिचान गरी कंकाल पंकज गिरीको भएको पुष्टी गरे ।
यता परिवारले पुष्टी गरेसंगै अहिले घटनास्थलबाट शव (कंकाल) पोष्ट मार्टमका लागि जिल्ला अस्पताल लैजाँदै गरेको प्रवक्ता अधिकारीले जानकारी दिए ।
‘अहिले परिवार सहित शव लिएर जिल्ला अस्पताल जाँदैछौं’ अधिकारीले गण्डक न्यूजसंग भने ‘बाँकी कुरा हत्या हो या दुर्घटना अनुसन्धान पछि मात्र खुल्ला ।’
यो पनि…
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा