पोखरा – नक्कली फेसबुक आइडी बनाएर ठगी गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरुको फेक फेसबुक आइडी बनाई अनेक बहाना गरी आफन्त तथा नजिकका व्यक्तिलाई म्यासेन्जरमा म्यासेज पठाएर रकम असुल्ने कास्की पोखरा महानगरपालिका वडा नं. ३ का २१ बर्षीय रोशन हमाल ठकुरीलाई कास्की प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
प्रवक्ता हमालका अनुसार नीज रोशन हमालले बीरगंजको एक बैंकमा कार्यरत वरिष्ठ अधिकारीको नक्कली फेसबुक आइडी बनाएर बिश्वासमा पारी सोही बैंकमा कार्यरत एक कर्मचारीलाई आफुलाई पैसाको अत्यन्त आवश्यक परेको भन्दै नगद एक लाख सहयोग मागेका थिए । आफ्नै सिनियर अधिकारीले यसरी समस्या सहित सहयोग मागेपछि ती कर्मचारीले ई -सेवा मार्फत उक्त रकम तुरुन्त ट्रान्सफर गरेका थिए।
तर, पछि बुझ्दा आफु ठगिएको थाहा पाएपछि पीडित व्याक्तिले प्रहरीलाई दिएको उजूरीका आधारमा कास्की प्रहरीले गरेको अनुसन्धानमा ठगी गर्ने रोशन हमाललाई पोखराको नदिपुरबाट पक्राउ गरेको प्रवक्ता हमालले जानकारी दिए ।
प्रहरीका अनुसार रोशन यस अगाडि पनि विद्युतीय कारोबार ऐन,२०६३ विपरितको कसुरमा नौ महिना थुनामा रहेको साथै जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक अपराध मुद्दामा पाँच हजार धरौटीमा छुटेको खुल्न आएको छ ।
पक्राउ परेका रोशन विरुद्द आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु