पोखरा – विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको क्वारेन्टिनलाई सोही क्वारेन्टिनबाट विदाई भएका तीनजना युवाहरुले नगद सहयोग गरेका छन । पोखरा–२०, भलाम नाजिम घर भइ भारतबाट आएका खिम बहादुर घर्ती, दुबई बाट आएका पोखरा–२०, भलामका सन्तोष नेपाली र पोखरा–२० मोहोरियाका गोपी गुरुङले र्यालेचौर वेसीमा रहेको क्वारेन्टिनमा बसेर विदाई हुदै गर्दा आर्थिक सहयोग गरेका हुन । क्वारेन्टिनमा बसेको ९ दिन पछाडि पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई क्वारेन्टिन होमले विदाइ गर्दै गर्दा उनीहरुले क्वारेन्टिनमा घरको भन्दा पनि राम्रो सेवा सुविधा प्रदान गरेको भन्दै नगद सहयोग गरेका हुन् ।
क्वारेन्टिनमा सहयोग पुगोस भनेर गोपी गुरुङले रु. ५ हजार ५ सय ५५, सन्तोष नेपालीले ५ हजार र खिम बहादुर घर्तीले नगद ३ हजार २ सय सहयोग गरेका हुन । सहयोग रकम प्रदान गर्दै गोपी गुरुङ र खिम बहादुर घर्तीले आफुहरुजस्तै ब्याक्तिहरुको धेरै थोरै सहयोगबाट क्वारेन्टिन होम निर्माण र ब्यवस्थापन गरिएको हुदा आफुहरु उक्त कार्यबाट प्रभावित भइ स्वस्फुर्त रुपमा क्वारेन्टिनलाई सहयोग गरेको वताए । ९ दिन सम्म क्वारेन्टिनमा बस्दा प्राप्त सेवा सुविधा तथा इन्टरनेटले गर्दा आँफुहरुले कहिलेपनि एक्लोपनको महसुस नभएको वताउदै सवै मिलेर कोरोनाको सामना गर्नुपर्ने समेत उनीहरुले वताए ।
सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष तथा र्यालेचौर वेसी क्वारेन्टिन होम मुल ब्यवस्थापन समितिका संयोजक सिम गुरुङले क्वारेन्टिनबाट घर फर्किदै गर्दा क्वारेन्टिनलाई स्वस्फुर्त रुपमा सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै क्वारेन्टिनबाट घर फर्केपनि थप ७ दिन सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्न आग्रह गरे । क्वारेन्टिन निर्माण र ब्यवस्थापनका लागि विभिन्न ब्याक्तिहरुको साथ र सहयोग रहेको र हालै निर्माण सम्पन्न क्वारेन्टिन भवनमा ८ वटा कोठामा एकै पटक २४ जना रहन सक्ने क्षमता रहेको समेत अध्यक्ष गुरुङले वताए । क्वारेन्टिनमा हाइजेनिक खाना, विदेशबाट ल्याएका सामानहरु राख्ने छुट्टै स्टोर रुम, छुट्टा छुट्टै शौचालय, क्वारेन्टिनमा बस्नेहरुको लागि तातो तथा चिसो स्वस्थ पिउने पानिको व्यवस्था, वाथरुमको व्यवस्था र इन्टरनेटको समेत सुविधा रहेको छ । त्यसैगरी क्वारेन्टिन ब्यवस्थापनका लागी दुई जना सुरक्षाकर्मी, एकजना स्वास्थ्यकर्मी र एकजना क्वारेन्टिन सहयोगी समेत रहेका छन् ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा