पोखरा – गण्डकीमा कोरोना संक्रमितको संख्या २१४४ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयको सोमबारको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका ४ जिल्लाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु कास्की, लमजुङ, तनहुँ र गोरखा जिल्लाका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका -६ बस्ने ३७ वर्षीय पुरुष, पोखरा ८ का ५५ वर्षीय पुरुष र पोखरा १५ का ५६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ कन्ट्याक्ट ट्रेसिङमा परी स्वाब दिएका उनीहरुको परीक्षण रिपोर्ट सोमबार पोजेटिभ आएको हो ।
यस्तै लमजुङ बेसीशहर नगरपालिका १० घर भइ हाल पोखराको फेवासिटी अस्पतालमा उपचाररत ७१ वर्षीया बृद्धाको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।
उता तनहुँको भानु नगरपालिका ५ का ४४ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ भने, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गोरखा जिल्ला १३ घर भएका ३२र् ३६ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिए ।
संक्रमित मध्ये गोरखाका २ संक्रमितलाई आइसोलेसन कक्षमा लगिसकिएको छ भने अन्यलाई लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा