पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीले एकै दिन २८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
दण्डहिनता बिरुद्दको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कार्यालयले बिभिन्न मुद्धाको फैसलामा कैद र जरिवाना तोकेर हालसम्म फरार रहँदै आएका २८ प्रतिवादीलाई एकैदिन पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार पक्राउ पर्नेमा सरकारी दस्तखत किर्ते गर्ने, बैंकिंङ कसुर गर्ने देखी लिएर सार्वजनिक अपराध मुद्धाका फरार प्रतिवादी समेत छन् ।
प्रतिवादी मध्ये स्याङ्गजा जिल्ला कोल्मा स्थायी घर भइ हाल पोखरा २७ बस्दै आएका सरकारी दस्तखत किर्ते मुद्धामा १ बर्ष कैद र ५० रुपैयाँ जरिवाना तोकिएका २१ वर्षीय अनिल थापा मगर र पोखरा १० घर भइ बैंकिंङ कसुर मुद्धामा ७ दिन कैद सहित ९ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएकोमा हालसम्म फरार वर्ष ५३ का धीरज गुरुङ छन् । यी, वाहेक केही सार्वजनिक अपराध मुद्धामा ३५० देखी ५,००० रुपैयाँसम्म जरिवाना पाएर फरार रहेका कास्की जिल्ला अन्तर्गतका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २६ जना प्रतिवादी रहेको प्रवक्ता हमालले जानकारी दिए ।
पक्राउ परेका उनीहरु सबैलाई हाल जिल्ला अदालत कास्कीमा पेश गरिएको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा