नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ ।बुधबारसम्म ५ हजार ४२८ जना क्वारेन्टाइनमा रहेका छन् भने २० हजार ८९१ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १२ हजार २०५ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १० लाख २१ हजार ५०३ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
७ जनाको मृत्यु
थप ७ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९८ पुगेको मन्त्रालयले जनाएको छ ।
नोभेल कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो ।मंगलबार कोरोना संक्रमणबाट १० जना र सोमबार देशभर कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको थियो ।
आइतबार कोरोना संक्रमणबाट १० जना र शनिबार ८ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ