पछिल्लो २४ घण्टामा १ हजार ९११ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा १ हजार ९११ कोरोना संक्रमित थपिए

Corona Update1

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९११ कोरोना संक्रमित थपिएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ९११ जना कोरोना संक्रमित थपिएको बताए। प्रवक्ता गौतमका अनुसार आज थप ९६१ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघ्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या म्न्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ