मोबाइल चार्ज गर्दै भिडियो हेर्दा करेन्ट लागेर मृत्यु

मोबाइल चार्ज गर्दै भिडियो हेर्दा करेन्ट लागेर मृत्यु

current mobile

मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।रोल्पाको सुलिनस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो ।

खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका थिए । एक्कासि करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीको उपचारका लागि प्यूठान लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।

भारतमा मजदुरी गर्ने नेपाली कोरोनाका कारण रोजगारी गुमेपछि केही महिनाअघि मात्र घर फर्किएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ