प्रधानमन्त्री सचिवालयमा प्रमुख सल्लाहकार विष्णु रिमालसहित ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।शुक्रबार गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा‚ प्रमुख सल्लाहकार विष्णु रिमाल‚ फोटो पत्रकार राजन काफ्ले‚ परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पुष्टि भएको हो।
यसअघि प्रधानमन्त्रीको सचिवालयमा कार्यरत राजन काफ्ले र निजी चिकित्सक दीव्या सिंहलाई पनि कोरोना पुष्टि भएको थियो।
विहीबारको स्वाव परिक्षणमा प्रधानमन्त्रीको रिपोर्ट भने नेगेटिभ आएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा २ दिन अघि प्रधानमन्त्री ओली सँगै देखिएका थिए। अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बिहिबार आयोजित भर्चुअल कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा सूर्य थापा नजिकै प्रधानमन्त्रीका कुरा टिपोट गरिरहेको देख्न सकिन्छ। उक्त तस्विर थापाले सामाजिक सञ्जालमा सेयर गरेका छन्।
सरकारी नियम अनुसार कोरोनाको आशंकामा स्वाब संकलन दिएपछि होम क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ। तर, थापा भने हिजो प्रधानमन्त्री ओली सँगै देखिएका छन्।
सचिवालयका चार जनामा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री ओली कन्ट्याक ट्रेसिङमा परेका छन्। अबको उनको स्वाब संकलन गरि पीसीआर परीक्षण हुने छ।
सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्