महानगरीय अपराध महाशाखाको टोलीले आइतबार साढे १० बजे स्वयम्भूस्थित होटल प्लाजाबाट चार जनालाई पक्राउ गरेको हो। प्रहरीले स्वयम्भू एरियामा केही व्यक्तिहरूले पाटे बाघको छाला बिक्री गर्न लागेको भन्ने सुराक पाएको थियो।
त्यही सूचनाको आधारमा महाशाखाको विशेष टोलीले काठमाडौं महानगर १५ स्वयम्भूको होटल प्लाजा कोठा नं. २०८ बाट नौ फिट लामो र दुई फिट २ इन्च चौडाई भएको छाला बरामद गरेको छ।
प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीका अनुसार उनीहरूले उक्त छाला ६० लाखमा बेच्न ल्याएका थिए। पक्राउ पर्नेमा धादिङ्ग गल्छी गाउँपालिका ५ घर भइ काठमाडौंको गोलढुङ्गा बस्ने ४३ वर्षीय टेकबहादुर तामाङ छन्। उनी पेशाले ज्यामीको काम गर्छन्।
त्यस्तै सोही ठाउँका डुनोट व्यापारी २८ वर्षीय सुजन थिङ, कृषक २७ वर्षीय आशिष तामाङ र मकवानपुर थाहा नगरपालिका ८ का ड्राइभर २४ वर्षीय सानुकान्छा थिङ छन्।
प्रहरीको अनुसन्धानअनुसार उक्त छाला टेकबहादुर तामाङले धादिङका एक स्थानीयबाट ३५ लाखमा किनेर ल्याएको खुलेको छ। सो छाला किन्न अर्का एक स्थानीयको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ।
‘उनीहरूले यो छाला अरूलाई प्रलोभनमा पारेर बेच्न खोजेका रहेछन्,’ एसपी कार्कीले भने, ‘बेचेर त्यो पैसा एकआपसमा बाँड्ने अनि दसैं मनाउने सोच बनाएका रहेछन्।’प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव