महानगरीय अपराध महाशाखाको टोलीले आइतबार साढे १० बजे स्वयम्भूस्थित होटल प्लाजाबाट चार जनालाई पक्राउ गरेको हो। प्रहरीले स्वयम्भू एरियामा केही व्यक्तिहरूले पाटे बाघको छाला बिक्री गर्न लागेको भन्ने सुराक पाएको थियो।
त्यही सूचनाको आधारमा महाशाखाको विशेष टोलीले काठमाडौं महानगर १५ स्वयम्भूको होटल प्लाजा कोठा नं. २०८ बाट नौ फिट लामो र दुई फिट २ इन्च चौडाई भएको छाला बरामद गरेको छ।
प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीका अनुसार उनीहरूले उक्त छाला ६० लाखमा बेच्न ल्याएका थिए। पक्राउ पर्नेमा धादिङ्ग गल्छी गाउँपालिका ५ घर भइ काठमाडौंको गोलढुङ्गा बस्ने ४३ वर्षीय टेकबहादुर तामाङ छन्। उनी पेशाले ज्यामीको काम गर्छन्।
त्यस्तै सोही ठाउँका डुनोट व्यापारी २८ वर्षीय सुजन थिङ, कृषक २७ वर्षीय आशिष तामाङ र मकवानपुर थाहा नगरपालिका ८ का ड्राइभर २४ वर्षीय सानुकान्छा थिङ छन्।
प्रहरीको अनुसन्धानअनुसार उक्त छाला टेकबहादुर तामाङले धादिङका एक स्थानीयबाट ३५ लाखमा किनेर ल्याएको खुलेको छ। सो छाला किन्न अर्का एक स्थानीयको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ।
‘उनीहरूले यो छाला अरूलाई प्रलोभनमा पारेर बेच्न खोजेका रहेछन्,’ एसपी कार्कीले भने, ‘बेचेर त्यो पैसा एकआपसमा बाँड्ने अनि दसैं मनाउने सोच बनाएका रहेछन्।’प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते