धादिङमा दसैं लक्षित निषेधाज्ञा जारी

धादिङमा दसैं लक्षित निषेधाज्ञा जारी

cdo-office-dhading

आसन्न विजयादशमीलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय धादिङले थप केही कार्यमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेदेखि नै लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले दसैं लगायतका चाडपर्वमा मनाउँदा एकाघर परिवारमा बसिरहेका सदस्यबाहेक नाता, कुटुम्ब तथा छिमेकीहरू भेला नहुने गरी मनाउन भनेको छ । सार्वजनिक स्थान वा मन्दिरमा भिडभाड हुने गरी सामूहिक पूजा, अर्चना, प्रार्थना नगर्न पनि प्रशासनले जिल्लावासीसँग आग्रह गरेको छ।

लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनको सम्बन्धमा भने केन्द्र सरकारको निर्णय बमोजिम हुने सूचनामा उल्लेख छ । पसल, व्यवसाय, यातायातका साधन सञ्चालन गर्दा व्यवसायीले मास्क, सेनिटाइजर, ग्लोब प्रयोग गरी सामाजिक दुरी कायम गर्नुपर्ने सूचनामा उल्लेख छ ।

सरकारी कार्यालयहरुले दिने सेवा प्रवाहलाई व्यवस्थित बनाउनका लागि टोकन वा आलो पालो प्रणाली अनुसार हुने बताइएको छ।

प्रशासनले जारी गरेको सूचना :

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds