पोखरा – सुख्खा याम सुरु भएसँगै पोखराको बजार क्षेत्रमा खानेपानी चोरी गर्नेको संख्या बढेको छ । खानेपानी संस्थानले वितरण गर्दै आएको पानीको धारामा जडान भएको मिटर झिकेर पानी चोरी गर्नेको संख्या बढेको हो ।
खानेपानी संस्थानले जडान गरेको मिटर झिकेर विद्युतीय पम्पको माध्यमबाट चोरी गर्नेको संख्या बढेको संस्थानले उल्लेख गरेको छ । मंगलबार पोखरा १७ माथिल्लो बेलघारीमा संस्थानको अनुगमन टोलीले ५ उपभोक्ताको घरबाट पम्प जफत गरेको वितरण शाखाका प्रमुख लक्ष्मण पाण्डेले जनाएका छन् ।
संस्थानले वितरण गरेको समयमा पर्याप्त पानी नपुग्ने केही उपभोक्ताको गुनासो छ । छिमेकीले पम्प लगाइदिएपछि थोपो पानी नझर्ने गुनासो संस्थानमा आउन थालेपछि अनुगमनलाई तीब्रता दिएको हो । खानेपानी संस्थानको पानी उत्पादन क्षमता हिउँद याममा घटेसँगै मोटर जडान गरेर पानी चोर्नेको संख्या वर्षेनी बढेको अनुमान गर्न सकिने संस्थान स्रोतले बताएको छ । खानेपानीको मिटर झिकेर मोटरको माध्यमबाट पानी तान्नु अपराध भएपनि उपभोक्ता सजग नहुँदा समस्या परेको कार्यालय प्रमुख इन्जिनियर आशिष कार्की बताउँछन् ।
कार्कीले कानुन विपरीत काम नगर्न उपभोक्तालाई अनुरोधसमेत गरे । उनले अनुगमन टोली खटाएर पानी चोरी नियन्त्रणमा लिने बताए । ४५ हजार धारामा केही उपभोक्तामात्र सचेत बन्न नसकेको कार्कीको अनुमान छ ।
अन्य सहरमा यस्तो समस्या संस्थानले भोग्नु नपरेको स्मरण गर्दै पोखरेली उपभोक्ताले यस्तो क्रियाकलाप नगर्ने उनको धारणा छ । उनले चोरीको प्रकृति हेरी संस्थानको नियम अनुसार जरिवाना लाग्ने बताए ।
चुहावट नियन्त्रण गर्न गठित अनुगमन टोलीले छोरेपाटन, बेलघारी, बिरौटा, हिमाली टोल, चाउथे र विन्ध्यवासिनी क्षेत्र अन्तर्गत सिम्पानी, अधिकारी टोल, हमाली टोल, नदीपुर लगायत क्षेत्रमा नियमित अनुगमन गरिने कार्यालयले जनाएको छ । संस्थानले पोखराको विभिन्न क्षेत्रमा अनुगमनलाई तीब्रता दिई उपभोक्ता हितमा लाग्ने योजना बनाएको कार्यालय प्रमुख कार्कीले उल्लेख गरेका छन् ।
उपभोक्ताको गुनासोलाई ध्यान दिँदै नेपाल खानेपानी संस्थान पोखरा शाखाले कार्यालय समय अतिरिक्तसमेत अनुगमन गर्ने जनाएको छ । यता उपभोक्तालाई स्वच्छ पिउने पानी वितरण गर्ने जापानिज सहयोग संस्था जाइकाले सुृरु गरेको मर्दी मुहान ट्रिटमेन्ट प्लन्ट अन्तर्गत ३० प्रतिशत काम सम्पन्न भएको कार्यालय प्रमुख कार्कीले बताएका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो