पूर्वी नवलपरासीको गैँडाकोटमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ना ३ ख ५३३९ नम्बरको लहरे प्लेटफर्म टेलर कालिगण्डकी करिडोरको भित्री सडक खण्डमा दुर्घटनामा परेको हो। सिमेन्ट लगायतका सामान बोक्ने ट्रक बिहान बुलिनटार गाउँपालिकाबाट गैँडाकोटतर्फ आउँदै गर्दा गैँडाकोट नगरपालिका-३ को सेतिभिरबाट अन्दाजी १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
उनका अनुसार घटनास्थलमा ३ जना पुरुषको शव भेटिएको छ। उनीहरुको सनाखत हुन भने बाँकी छ। ट्रकमा कति व्यक्ति सवार थिए भन्ने नखुलेको र ट्रकमा एउटा जेनेरेटर मात्र भेटिएको डिएसपी खाँणले बताए। अहिले इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक चन्द्रबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले भिरबाट मृतकको शव निकाल्ने काम गरिरहेको छ।
सम्बन्धित खबर
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
रविको देउवालाई प्रश्न : डेढ वर्ष प्रधानमन्त्री अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?
१३ बर्षका बालकसहित ७ जनाको कुटाइबाट ट्राफिक प्रहरी जवानको हत्या
माधव नेपालको प्रष्टीकरण- प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौं, कसैले शंका नगरे हुन्छ
कांग्रेसले रवि लामिछानेको नामै किट्नुपर्छ भनेकाले सहमति भएन
आज देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग