काठमाडौं । प्रतिनिधिसभा विघटनका सन्दर्भमा मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन र इतर पक्षबीच मत विभाजित हुन पुगेपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय कार्यसमिति बैठकअघि आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल जुटेका छन् ।
पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यसँग संवादमा जुटेका हुन् । काँग्रेस सभापति शेरबहादुर देउवा पक्षीय सदस्यहरू प्रधानमन्त्री ओलीको कदमलाई प्रतिवाद भन्दा अवसरका रुपमा उपयोग गर्नुपर्ने पक्षमा देखिएका छन् भने पौडल पक्षीय नेताहरु प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई उल्टाउन पार्टी सडक संघर्षमा जानुपर्ने पक्षमा मत राखेको पाइन्छ ।
पार्टी सडक संघर्षमा लैजान सभापति देउवालाई दबाब दिने रण्नीतिका साथ बिहान ११ बजेबाट अनमाननगरस्थिति आफ्नो सम्पर्क कार्यालयमा पौडेल पक्षीय केन्द्रीय सदस्यसँग छलफलमा छन् । पौडेल पक्षले छलफलमा एक मतका साथ केन्द्रीय समिति बैठक प्रस्तुत हुने नीति बनाउने बुझिएको छ ।
दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्री ओलीले चालेको संसद विघटनको कदमविरुद्ध पार्टीलाई आन्दोलनमा लिनुपर्नेमा पौडेल पक्षको जोड छ ।
आजको बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने भनिएको छ । बुधबारको बैठकपछि संसद विघटनविरुद्ध देशभर प्रदर्शन प्रवक्ता विश्वप्रकाश शर्माले बताएका थिए ।
तर, कहिलेदेखि प्रदर्शन सुरु गर्ने र प्रदर्शनको स्वरुप कस्तो हुने भन्नेमा आजको बैठकले टुंगो लगाउने उनको भनाइ थियो
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ