पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीहरुद्धारा सञ्चालित डाक्टर्स गाउँले संस्था सक्रिय ढंगले अघि बढेको छ । ‘स्वास्थ्य सम्बन्धी जानकारी सबैका लागि’ भन्ने मूल उद्देश्यका साथ सञ्चालन भएको संस्थाले विभिन्न रचनात्मक कार्य गरेको छ ।
मणिपाल शिक्षण अस्पतालमा अध्ययनरत २०१६ को व्याचमा अध्ययनरत विद्यार्थीद्धारा २०७५ सालमा संस्था स्थापना भएको हो । संस्थामा हाल २५ जना सदस्य रहेको प्रचार प्रसार संयोजक राहुल गोइतले जानकारी दिए । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो भएको भन्दै गोइतले आफूहरुको सेवा गाउँ-गाउँका नागरिकका लागि हुने स्पष्ट पारे ।
प्रचार संयोजक गोइतले भने, ‘संस्थामार्फत हृदयाघात, मधुमेह, कोरोना, डेंगु, दाँत रोगलगायतका विभिन्न रोगको सचेतना कार्यक्रम गरिसकेका छौं । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै थप सेवा विस्तार गर्दै अघि बढ्छौं ।’ रोट्र्याक्ट क्लबसंग मिलेर स्तनपानको महत्वबारे पनि सचेतना कार्यक्रम गरिसकेको उनले बताए । आफूहरुको संस्था डक्टर गाउँले र यसबाट सञ्चालन भएका कार्यक्रमबाट धेरै लाभान्वित भएको र धेरै ठाउँबाट प्रशंसा पाएको गोइतले बताए ।
स्वास्थ्य जानकारीबाट बञ्चित भएका जनतालाई स्वास्थ्यबारे जनचेतना जगाउन देशका कुनाकुनामा पुग्ने संस्थाका सदस्य विनोद अधिकारीले जानकारी दिए । डक्टर गाउँलेले अफिसियल युटुव च्यानलमार्फत विभिन्न १६ वटा स्वास्थ्यसमबन्धी जानकारी समेत गराएको र आगामी दिनमा थप सक्रियतापूर्वक अघि बढ्ने उनले बताए ।
उनले सञ्चारको क्षेत्र निकै फराकिलो भएको तर यस्तो विकास स्वास्थ्य क्षेत्रमा नभएको भन्दै उनले सञ्चारकै माध्यमबाट कुनाकुनामा रहेका नागरिकलाई स्वास्थ्य सम्बन्धी जानकारी दिंदै जाने जानकारी दिए ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा