प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा आधिकारिकताको दाबीसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा दिएको निवेदन रित नपुगेको भन्दै फिर्ता भएको दाबी गरेका छन् ।
ओलीले सूर्य चिह्न आफूहरूको नै हुने र नेकपा आधिकारिकताको फैसला चुनावमा जनताले गर्ने दाबी गरे ।
३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई शुक्रवार भर्चुअल सम्बोधन गर्ने क्रममा सहभागीले सोधेको एक प्रश्नको जवाफमा ओलीले निर्वाचन आयोगमा प्रचण्ड नेपालले पेश गरेको निवेदन रित नपुगेर फिर्ता भएको बताएका हुन् ।
‘आधिकारिक पार्टी कुन हुन्छ भन्ने कुरा मैले भनिसकें, हामी सडकमा गएर निर्णय गरेका छैनौं, विधिवत अगाडि बढेका छौं । यो पार्टी कसले अगुवाई गर्यो भन्ने कुरा बहस गरिराख्नुपर्छ र ?’ ओलीले भने, ‘सूर्य कसको हुन्छ ? २०४८ सालदेखि हामीले नै लिएको हो ।’
ओलीले निर्वाचन नै नलड्ने बताएको प्रचण्ड–नेपाल समूहलाई सूर्य किन चाहियो भनेर प्रश्न गरे । ‘उहाँहरु (प्रचण्ड–नेपाल पक्षका नेता) ले निर्वाचन आयोगमा निवेदन दिनुभएको रहेछ तर आयोगले उहाँहरुको निवेदन रित नपुगेको र अनुचित भनेर हिजो रद्द गरेर फिर्ता पठाइदियो,’ प्रधानमन्त्री ओलीले प्रवासी नेपालीहरुसँग भने, ‘आधिकारिक पार्टी हामी हौं भन्ने उहाँहरुको दाबी थियो, हिजो आयोगले यो अंग नपुगेको, व्यहोरा नपुगेको, कानुन उल्लेख नभएको, प्रमाण नभएको यस्तो खालको निवेदनको केहि अर्थ छैन भनेर फिर्ता पठाइदियो।’
‘किनभने हामी आधिकारिक पार्टी हौं, हामीसँगै चिन्ह र बहुमत छ किन जानुपर्यो?,’ उनले भने, ‘चुनावै नलड्नेहरु उहाँहरुलाई सूर्य चिन्ह किन चाहिएछ?’
ओलीले सूर्य चिह्न आफूहरूको हुने र पार्टी अधिकारिकताको फैसला जनता र निर्वाचनबाट हुने बताए ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ