कोरोना महामारीका कारण बन्द भएको लामो समयपछि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा समस्या देखिएको छ । नौ महिनापछि गएको मङ्गलबारदेखि फेरि सुरु भएको लाइसेन्सको अनलाइन आवेदनमा समस्या देखिएको हो ।
लकडाउनसँगै बन्द भएको लाइसेन्सको अनलाइन आवेदन लामो समयपछि खुलेको हुनाले सिस्टममा समस्या देखिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो ।
विभागले आइतबारदेखि बुधबारसम्म बिहान ६ बजेदेखि राति १० बजेसम्म लाइसेन्सको अनलाइन आवेदन भर्ने व्यवस्था मिलाएको छ । विभागका अनुसार धेरैले अरू दिन पनि फर्म भर्ने प्रयास गरेकाले समस्या देखिएको र भर्न मिल्ने दिनमा पनि एकैपटक धेरै जनाले फाराम भर्ने भएकाले सिस्टममा समस्या देखिएको हो ।
यस्तै विभागले यातायात कार्यालयमा भिड नहोस् भनेर एउटा यातायात कार्यालयबाट हप्तामा एक सय वटा मोटरसाइकल र ५० वटा गाडीको कोटा तोकेको छ । अहिले १९ वटा कार्यालयबाट दैनिक पाँच हजार जनाले अनलाइन आवेदन भर्न मिल्ने विभागले जनाएको छ ।
तर दैनिक निश्चित कोटा निर्धारण गरिएकाले कोटा सकिँदा कतिपय सेवाग्राहीले आवेदन दिन भने नसकिएको गुनासो गरेका छन् । अहिले सेवाग्राहीको धेरै चाप रहेको र यो चाप बिस्तारै घट्दै गएपछि अबको एक महिनामा सजिलै आवेदन दिन सकिने विभागले जनाएको छ ।
सम्बन्धित खबर
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग
नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो