महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन।यसैगरी, महाशाखाले हाल देशका केहि भूभागमा आंशिक बदली रहेको र बाँकी भूभाग सामान्यतयाः सफा रहेको जनाएको छ ।
आइतबार
दिउँसो: प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
सोमबार
दिउँसो: प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
राति: प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
मंगलबार
दिउँसो: प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति: प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष