तनहुँ । नदिजन्य पदार्थ अवैध रुपमा उत्खनन् गर्दै गरेको अवस्थामा तनहुँको भीमाद नगरपालिकाबाट एउटा स्काभेटर र ७ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत सोमबार भीमादको वडा नं. ५ स्थित पानटनखोला किनारमा उत्खनन् गर्दै गरेको बा२क ८६९३ नं. को एक्साभेटर प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै, नदिजन्य पदार्थ ओसार पसार गर्दै गरेका ग१क ४६०२, ग१क ३२४९, ग१क ४६०१, ग१क ३३४३, ग१क ४८०४, ग१क ४५९६ र ग१ख ९१२० गरी जम्मा ७ वटा टिप्परहरुलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
नियन्त्रणमा लिइएका सवारी साधनलाई प्रहरीले भीमाद नगरपालिकालाई बुझाएको थियो । नगरपालिकाले ती सवारी साधनबाट एक लाख सत्तरी हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
त्यस्तै सोहिदिन व्यास नगरपालिका वडा नं. १ गल्फुवेशीमा अबैध नदिजन्य पदार्थ लोड गरी हिडेको ना८ख ३५०७ नं. को टिप्परलाई पनि जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले नियन्त्रणमा लिएको छ ।
उक्त टिप्परलाई व्यास नगरपालिकाको कार्यालय पठाइएकोमा उक्त कार्यालयले दश हजार जरिवाना गराएको प्रहरी नायव उपरीक्ष तिमिल्सिनाले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ