नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘टाउको चिलाएको’ भन्ने प्रशंगबारे प्रश्न गरेका छन् । ओली समूहको नेकपा नुवाकोटको काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई भेलालाई सम्बोधन गर्दै ओलीले चायाँ परेर टाउको चिलाएको हो कि भन्दै प्रश्न गरेका हुन् ।
सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले बाघले मात्रै हिंस्रक भएर जीवजन्तु मार्ने र रगत खाने गर्ने भएकाले अध्यक्ष प्रचण्डलाई प्रश्न गर्दै भने, ‘टाउकोमा चायाँ परेर चिलाएको भनेको सुन्नुभएको होला, लाठी खाइमागेको सुन्नुभएको होला, जनता र पार्टीप्रति विश्वास नगरेर केका लागि हिंस्रक आन्दोलन ? के मान्छेको रगत टोक्न ?हिंसा भड्काउन ?’
कार्यक्रममा बोल्दै ओलीले निर्वाचन हुने भनेपछि प्रचण्ड–नेपाल पक्षको सातोपुत्लो उडेको बताए । पहिला जस्तो मतपत्र च्यातेर छोरी जिताउने वा बत्ती निभाएर विजयी गराउन सम्भव नभएको भन्दै उनले निर्वाचनमा भाग लिन चुनौति समेत दिएका छन् ।
ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिँदै प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरेका छन् ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते