तनहुँ । तनहुँमा महिला तथा बालबालिका हराउने क्रम घट्दो रहेको छ । चालू आर्थिक वर्ष २०७७/७८ को साउनदेखि यही पुस मसान्तसम्म ५८ जना महिला तथा बालबालिका हराएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँको अनुसार हराएका ती मध्ये ४५ जना महिला, ११ जना बालिका र २ जना बालक रहेका छन् । हराएका मध्ये ३६ महिला, १० जना बालिक र एक जना बालक फेला परेको महिला बालबालिका सेवा केन्द्रकी प्रमुख सुजाता कार्कीले जानकारी दिईन ।
त्यस्तै ९ जना महिला, एक जना बालिका र एक जना बालक अझै फेला नपरेको प्रहरीले जनाएको छ । फेला नपरेका ती महिला तथा बालिकाहरुको प्रहरीले खोजी जारी राखेको उनको भनाइ छ ।
प्रहरीको तथ्याङ्क अनुसार गत तीन वर्षको अवधिमा महिला तथा बालबालिका हराउने क्रम घट्दो देखिन्छ ।
त्यस्तै गत आवमा १४६ जना महिला, बालबालिका हराएका थिए । ती मध्ये ११३ जना महिला, २४ जना बालिका र ९ जना बालक रहेको प्रहरीले जनाएको छ । त्यस्तै हराएकामध्ये सबै जना फेला परेका थिए ।
आर्थिक वर्ष २०७५/७६ मा २२८ जना महिला तथा बालबालिका हराएका थिए । ती मध्ये १७३ जना महिला, १५ जना बालक र ४० जना बालिका रहेका छन् । उक्त आर्थिक वर्षमा पनि सबै फेला परेको प्रहरीको तथ्याङ्कमा देखिन्छ ।
महिला तथा बालबालिका हराउनुमा वैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको सङ्गत, घर झगडा, प्रेममा धोका लगायतका कारणले महिला तथा बालबालिका हराउने गरेको पाइन्छ ।
प्रहरीले खोजी कार्यमा अग्रसरता देखाउँदै आए पनि यी हराएका मध्ये फेला परेका भने अधिकांश आफन्तको सम्पर्कमा आएको देखिन्छ ।
सम्बन्धित खबर
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा