तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध गाँजा सहित २ जना पक्राउ गरेको छ ।
गत मंगलबार बिहान अन्दाजी ११ बजेको समयमा जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ५ बेलचौताराबाट उदयपुर रौतामाई गाउँपालिका वडा नं. ३ बस्ने वर्ष १९ को बिजय राई र कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. १ बस्ने वर्ष २१ को आनन्द के.सी.लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुको साथमा रहेको झोला तथा शरिर चेकजाँच गर्ने क्रममा झोलाभित्र लुकाई ओसारपसार गर्दै गरेको १ किलो २५० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।
उक्त लागुऔषध गाँजा सहित पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट लागुऔषध गाँजा मुद्दा शिर्षकमा म्याद थप लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै गत मंगलबार दिउँसो जिल्लाको भानु नगरपालिका वडा नं. १ साजबोटे स्थितमा सोही स्थान बस्ने ६१ वर्षीय ओम बहादुर तिरुवाको साथमा रहेको नगद रु. १६ हजार ५० चोरी गरी भाग्दै गरेका दुई जनालाई प्रहरी पक्राउ गरेको छ ।
रामघाट-७ सर्लाही घर बताउने ५२ वर्षीय हर्क बहादुर तामाङ र आमभञ्ज्याङ-१ मकवानपुर घर बताउने ४७ वर्षीय दोर्जे लामालाई चोरी गरेको नगद सहित ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी चोरी मुद्दा शिर्षकमा म्याद थप लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला