शुक्रबार काठमाडौंमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनि गरेर देखाउने बताएका हुन्।
‘आमसभा कस्तो हुन्छ २३ गते हेर्नुहोला। हामी त्यो बेला कास्टिङ गर्छौं। त्यसपछि साँच्चै जनप्रदर्शन कस्तो हुन्छ देखाउँछौं’,उनले भने। आठरदश हजार मान्छे देखेपछि भुइँमा खुट्टा नभएको उनको आरोप छ।
‘आठ-दश हजार मान्छे देखेपछि भुइँमा खुट्टै छैन। हौसिएर भाषण गरेको देख्दै थिएँ। उहाँहरू धाकधक्कु साना थिएनन्। कोही केपी ओलीलाई घुँडा टेकाइदिन्छु भन्दै थिए। कोही केपी ओली जस्तो भेंडासँग संगत गरेर के भो केहो आफ्नो त ब्वाँसोको मती जाँदै गएन। मलाई भेंडो भनेर आनन्द लाग्यो’, उनले भने।
उनले शुक्रबार पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरे। प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई धम्की नदिन पनि चेतावनी दिए।
यस्तै विरोध सभालाई देशभरिबाट अलिअलि मान्छे जम्मा भएको टिप्पणी गरे।
सम्बन्धित खबर
उपेन्द्र यादव नेतृत्वको जसपा फुट्यो, अशोक राईसहित ७ सांसदले दिए नयाँ दल दर्ताका लागि निवेदन
ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना घाइते
जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
आजको मौसम पूर्वानुमान
एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग