प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प कमल दाहाल प्रचण्डलाई चितवनबाट आफूहरूले जिताएको बताएका छन् । ट्रेड युनियन महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई प्रणाम गरेर आफुहरुले प्रचण्डलाई जिताएको बताएका हुन् ।
‘७४ सालमा प्रचण्डलाई जनतालाई प्रणाम गरेर चितवनमा हामीले जिताएको । ७० मा बत्ती निभाएर बाकस साटेर जितेका हुन् । त्यो भन्दा अगाडि कीर्तिपुर हारिसक्नु भएको थियो,’ उनले भने, ‘उहाँ त यस्तो ‘फ्लोटिङ’ हुनुहुन्छ नी कहिले रोल्पा, कहिले सिराहा, कहिले कीर्तिपुर जानुभयो अब जाने ठाउँ कतैपनि छैन ।’
जनयुद्धको बेला प्रचण्ड जेलवाला तेल लाएर जुल्फी कोरेर दिल्ली बसेको उनको टिप्पणी छ । प्रधानमन्त्री ओलीले जनयुद्धमा प्रचण्ड जंगल नबसेको र दिल्लीमा बसेर कार्यकर्तालाई जंगलमा बसाएको बताए ।
‘जनयुद्धमा उहाँ जंगल बसेको होइन । त्यसबेला दिल्ली हुनुहुन्थ्यो हामीलाई थाहा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यकर्ता जंगल बसाउनुभयो । जेलवाला तेलले जुल्फी कोरेर उहाँ दिल्ली बस्नुहुन्थ्यो ।’
त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो पहिलो सरकार ढाल्नेमा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम रहेको दाबी गरेका छन् ।
ओलीले २०७२ सालमा आफ्नो नेतृत्वमा बनेको सरकार माधव नेपालसहितका नेताले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उकासेर ढालेको दाबी गरेका हुन् । प्रचण्ड–नेपालसँग पार्टी चलाउने दम र खुबी दुवै नरहेको भन्दै उनले तीन महिनापछि प्रचण्ड, माधव नेपालसहितका नेताहरू नागरिक समाजमा रूपान्तरण हुने पनि बताए ।
सम्बन्धित खबर
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ