नेकपाका युवा नेता राजिव पहारीले अध्यक्ष केपी शर्मा ओली एकता पक्षधर भएको बताएका छन् । उनले केपी ओलीको कारण पार्टी फुटेको नभई अरु नेताहरुकै कारण यो अवस्था आएको जिकिर गरे ।
नेकपा ओली पक्षीय एक कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद समेत रहेका पहारीले माओवादी सानो आकारमा रहेपनि झण्डै एमालेकै हैसियतमा एकीकरण गराएको बताए ।
‘स्थानिय चुनावमा माओवादीको हालत के थियो ? प्रतिनिधि, प्रदेश सभामा एमालेसँग मिल्दा कस्तो नतिजा आयो ? तर समानुपातिकमा एमालेले ३१ लाख ल्याउँदा माओवादी १३ लाख थियो ।’ पहारीले भने– ‘तैपनि माओवादीलाई ४५ प्रतिशत भाग दिएर ५५ प्रतिशत एमालेले लिएर पार्टी एकता गरियो । अनि केपी ओली एकता बिरोधी हुन्छ ?’
उनले पार्टी यो अवस्थामा आउँदा दुःख, पीडा, चिन्ताले आँखा रसाएको बताए । ‘हिजो पार्टी एकता हुँदा सोचेका थियौं, अब २५,३० वर्ष कम्युनिष्टले शासन गरेर सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई साकार पार्नेछ । १०–१२ वर्षमा विश्वका विकसित राष्ट्रहरुमा नेपाललाई पुर्याउनेछ । तर भएन ।’ पहारीले भने ।
उनले कम्युनिष्ट फुट्नु नै गलत भएको पनि बताए । पहारीले भने – ‘काँग्रेसको ज्यादतीले नेपालीले दशकौं पीडा भोगे, कष्ट भोगे, कम्युनिष्ट कार्यकर्ता भएका कारण जागिर गयो, तर अब कम्युनिष्ट आयो, देश विकास हुन्छ भनेका थियौं ।’
पहारीले पार्टी एकता गर्दा प्रचण्डलाई काँधमा बोकेर हिँडेको, गाउँ-गाउँ अभिनन्दन गर्दै हिँडेको, आफ्नै गाउँठाउँको धर्ती पुत्र भन्दै हिँडेको स्मरण गर्दै अहिले प्रचण्डले गलत बाटो समातेको बताए ।
सम्बन्धित खबर
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ