पोखरा १७ सीतापाइलामा गोली चल्यो ! विक घाइते

पोखरा १७ सीतापाइलामा गोली चल्यो ! विक घाइते

gun-fire-

सांकेतिक चित्र

पोखराको सीतापाईलामा आज शुक्रबार साँझ गोली चल्दा एक जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १७ सीतापाईलामा पहिचान नखुलेको एक व्यक्तिले गोली चलाउँदा पर्वत मोदी ८ चित्रे घर भई पोखरा २३ कार्कीतहरा बस्दै आएका मनोज विक घाईते भएका हुन् । ईलेक्ट्रिसियन काम गर्ने २७ उनको दाहिने कोखा पेटबाट गोली वारपार भएको भन्दै घाइते आफै प्रहरी कार्यालय पुगेका छन् ।

बैदाम प्रहरी कार्यालय पुगेका उनलाई तत्कालै उद्धार गरेर गण्डकी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ । घाईते विकको उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

गोली प्रहार गर्ने व्यक्ति फरार छन् । प्रहरीले गोली चलेको क्षेत्र सिल गरी सुरक्षा व्यवस्था कडा बनाएको छ । बाटोमा आवतजावत गर्ने सवारी चालकमाथि कडा जाँच गरिएको जनाइएको छ ।

के कारणले बिकमाथि गोली प्रहार भयो भन्नेबारे केही खुलेको छैन । कास्की प्रहरीले तुरुन्त खोजी कार्यलाई तिब्रता दिइएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds