काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकरले जनताको ठूलो बलिदानीबाट प्राप्त उपलब्धि संघीय संविधानलाई प्रधानमन्त्री केपी ओलीले कुर्सीसंग साटेको बताएका छन् ।
नेकपा प्रचण्ड माधव समूहले विहिबार काठमाण्डौमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दे उनले कुर्सी र पदसंग प्रधानमन्त्री ओलीले संविधान र संघीयता साट्ने काम गरेको बताएका हुन् ।उनले संविधान र संघीयता कुर्सी र पदसंग साटिन नसक्ने भन्दै खबरदारी गरे ।
शान्तिपूर्ण आवाज नसुनिए भने जनता विद्रोहमा उत्रन्छन्
शर्माले शान्तिपूर्ण आवाज नसुनिए जनता कुनै पनि बेला विद्रोहमा उत्रन सक्ने बताएका छन् । शर्माले भने, ‘यदि जनताको आवाज सुनिँदैन भने आज यहाँ भइरहेको शान्तिपूर्ण आन्दोलन कुन दिन विद्रोहमा उत्रने छ म भन्न सक्दिैन ।’
संघीयता लागू गर्न नदिने र संविधानलाई च्यातत्युत पार्न खोजिएको भन्दै शर्माले जनताको विद्रोहले संघीयता र गणतन्त्र विरोधीहरुलाई समाप्त पार्ने बताए ।
ओलीमा असीमित अधिकार भएका कारण आजको अवस्था आएको भन्दै उनले भने, ‘केपी ओली तयार हुनुको ग्राउण्ड कुन हो ? त्यसको समीक्षा हुनुपर्छ ।’ समीक्षा नगर्ने हो भने फेरि महेन्द्र र केपी ओलीहरु जन्मिन सक्ने शर्माले बताएका छन् ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो