काठमाडौं – प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली एक मिनेट पनि पदमा बस्ने कुनै आधार नभएको दाबी गरेका छन् ।
बुधवार प्रचण्ड–नेपाल समूहको नेकपाले आयोजना गरेको विरोध सभामा बोल्दै नेता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ‘अवैधानिक’ भएको जिकिर गरे । ‘केपी ओली अहिले संसदको सदस्य छैनन्, यो कामचलाउन सरकार हुनसक्थ्यो तर यो अवैधानिक सरकार हो, प्रधानमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने आधार छैन,’ नेता श्रेष्ठले भने ।
साथै उनले प्रधानमन्त्री ओलीले अवैधानिक ढंगले सरकारमा बसिरहेको र संवैधानिक नियुक्ति गरेको आरोप समेत लगाए ।
केपी ओलीले फाँसीवाद लागू गर्दैछन्
श्रेष्ठले केपी ओली फाँसिस्ट भएको आरोप लगाए । तर, संविधानलाई उपहास गर्दै ओली फाँसीवादतिर लागेको उनले बताए । तर, नेपाली जनताले फाँसीवाद नसहने बताए । ओलीले लोकतन्त्रको रक्षा गर्ने भनेर ठट्टा गरेको श्रेष्ठले टिप्पणी गरे । ‘यो फाँसीवाद लागू गर्ने नयाँ तरिका हो’, उनले भने । चरणबद्ध भइरहेको जनप्रदर्शनको उद्देश्य प्रतिगामी कदम सच्याउँदै संसद् पुनर्स्थापना गर्नु र संवैधानिक निकायमा भएको असंवैधानिक नियुक्ति सच्याउनु रहेको प्रवक्ता श्रेष्ठले भने ।
ओली समूहबाहेक सवै शक्ति प्रतिगामी कदम विरुद्ध लडिरहेको श्रेष्ठले बताए । उनले केपी ओलीले फाँसीवाद र निरङ्कुशता लागु गर्न खोजेको आरोप लगाए । उनले केपी ओलीले विकासको नारा दिएर, संविधानमा कालो मसीले छोपेर फाँसीवाद ल्याउन खोजेको आरोप लगाए । साथै उनले चुनाव नगर्ने उद्देश्यले केपी ओलीले चुनाव घोषणा गरेको समेत दाबी गरे ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ