पूर्व प्रधानमन्त्री एवं नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. बाबुराम भट्टराई र आफूलाई इतिहासले अलग हुन निदिने बताएका छन् ।
शनिबार पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन कार्यक्रममा प्रचण्डले अहिले आफ्नो पार्टी फरक भएपनि इतिहासका कार्यहरुले अलग हुन निदिने बताएका हुन् । ‘अहिले बाबुराम जी र म एउटै पार्टीमा त छैनौँ। तर मुद्दाको हिसाबले हामी फेरि एउटै मोर्चामा छौँ ’ उनले भने ।
इतिहासको आफ्नो कर्मको कारणले आफूहरुलाई अलग हुन नदिने बताउँदै उनले भने, ‘इतिहासको आफ्नो कर्मको कारणले हामी अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो हाम्रा आफ्ना कर्मले हामीलाई नजिक ल्याइ नै राख्छ। हामीलाई अलग हुन दिँदैन।’
उनले भने, ‘ती हजारौँ सहिदले हामीलाई अलग हुन दिँदैनन्। हजारौँ घाइते र अपांगले हामीलाई अलग हुन दिन्नन्। ती हजारौँ बेपत्ता हाम्रा योद्धाहरुले पनि हामीलाई अलग हुन दिन्नन्।’
‘गुमनाम आमाहरुको कथा’ भित्र रहेका रचनाहरुलाई सरसर्ती नियाल्दा हिजोका सबै स्मरणहरु, अनुभव, अनुभूतिहरु ताजा भएर आएको महसुस गरेको छु’, उनले भने ।
जनयुद्ध दिवसको अवसर पारेर शनिबार बालुवाटार पार्टी प्यालेसमा एक समारोहकाबीच भट्टराईद्वारा लिखित पुस्तकको विमोचन गरिएको हो । उक्त समारोहमा प्रचण्डसँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपाका वरिष्ठ नेता अशोक राई र लेखक/विश्लेषक तुलानारायण शाह लगायतको सहभागिता रहको थियो ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान