पोखरा – विश्वका विभिन्न ३० देशका सयौं फोटोग्राफरले भाग लिएको फोटो प्रतियोगितामा पोखराका चर्चित फोटोग्राफर खिम लामिछानेले खिचेको फोटो उत्कृष्ट पाँचमा पर्न सफल भएको छ ।
‘ईउरोरडिस फोटो अवार्ड २०२०’ को उक्त प्रतिस्पर्धामा फोटोग्राफर लामिछानेले आफ्ना छोरा अनिमेष लामिछानेलाई ह्विल चियरमा राखेर विद्यालय लैजाँदै गरेको तस्विर समावेश गरेका छन् । प्रतिस्पर्धामा अष्ट्रेलिया, स्लोभाकिया, अमेरिका र आइसल्याण्डका फोटोग्राफरको सहभागिता रहेको छ ।
यो फोटोग्राफी अवार्ड अमेरिकाका वरिष्ठ फोटोग्राफर तथा फोटो पत्रकार मार्कस व्लिडेलले दुर्लभ रोग लागेर जिवन बिताइरहेका व्यक्तिहरुसँग सम्बन्धित जिवन कथालाई उजागार गर्ने शिर्षकमा फोटो प्रतियोगिता गरेका हुन् । जसको आयोजक ‘इउरोर्डिस अथार्त इरोपियन अर्गानिजेसन फर रेयर डिजिज’ले गरेको हो ।
३१ जनवरी २०२१ मा सुरु भएको यस प्रतियोगितामा ११ फेब्रुअरी २०२१ मा पहिलो उत्कृस्ट पाँच फोटोलाई छनौट गरिएको छ । अन्तिम नतिजा सामाजिक संजालमा प्राप्त भोटको आधारमा २४ फेब्रुअरी २०२१ का दिन रेयर डिजिज ‘डे’ को अवसर पारेर विजेता घोषणा गरिने छ ।

लामिछानेलाई भोट गर्नका लागि तलको लिंकमा क्लिक गरी दोश्रो पेजमा देखिएको फोटोमा OI Can, Osteogenesis Impefecta Nepal मा सेलेक्ट गरी Submit गरेर भोट दिन सकिनेछ।
सम्बन्धित खबर
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा