भाईबर र ईमोबाट डेढ करोड ठगी, कास्की प्रहरीले ९ जना पक्रियाे

भाईबर र ईमोबाट डेढ करोड ठगी, कास्की प्रहरीले ९ जना पक्रियाे

received_1850977578310492

पोखरा, चैत ५ । सामाजिक सञ्जाल, भाईबर, ईमो र म्यासेन्जरबाट ठगी गर्ने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

चिठ्ठा परेको भन्दै सामाजिक सञ्जालबाट पैसा ठगी गरेका उनीहरुलाई लामो समय अनुसन्धान गरेर पक्राउ गरेको हो । कास्की प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी आरोपितहरु सार्वजनिक गरेको हो ।

विभिन्न ३ वटा घटनामा संलग्न ९ जनालाई नै सोमबार सार्वजनिक गरिएको हो । पाल्पा निस्दीका २६ बर्षिय यामबहादुर मगर, धादिङ नेत्रवती गाउँपालिकाका २८ बर्षिय ठाकुर गुरुङ, २८ बर्षिय गणेश गुरुङ, १९ बर्षिय मनोज तामाङ, धादिङकै खनियाबास गाउँपालिकाका २६ बर्षिय टेकबहादुर तामाङ, २५ बर्षिय जेनिस तामाङ, महोत्तरी जलेस्वर नगरपालिकाका २४ बर्षिया संगीता मिश्र, महोत्तरीकै मनर नगरपालिकाकी ३५ बर्षिय कामनी तिवारी र ४५ बर्षिय योगेन्द्र तिवारी पक्राउ परेका हुन् ।

उनीहरुल पटक पटक गरी १ करोड ३९ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुलेको कास्की प्रहरीका प्रमुख एसपी अशोक सिंहले जानकारी दिए । उनीहरुलाई ठगी मुद्धामा म्याद थप गरी अनुसन्धान सुरु भैसकेको सिंहले बताए । उनीहरुले आईएमी मार्फत पैसा पठाउन लगाएर ठगी गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds