दोभान बजार तत्काल पुनर्निर्माण गर्छौं, पीडितलाई राहत दिन्छौं : प्रधानमन्त्री

दोभान बजार तत्काल पुनर्निर्माण गर्छौं, पीडितलाई राहत दिन्छौं : प्रधानमन्त्री

kp-sharma-oli

प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको दोभान बजारमा राहत दिन र पुनर्निर्माणको लागि सरकार तत्काल लाग्ने बताएका छन् ।

दोभान बजारमा भएको आगलागीबाट क्षति पुगेकोप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले तत्काल राहत दिने र पुर्ननिर्माणको काम अघि बढाउने बताएका हुन् ।  दोभान बजारमा आगलागी हुँदा ४९ घर जलेको प्रहरीको भनाइ छ ।

मंगलबार बिहान मोरङमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘राहत उपलब्ध गराउने र पुनर्निर्माण गर्ने कुरामा सरकार तत्काल लाग्छ र जनताको समस्या तत्काल समाधान गर्छ ।’ उनले प्रदेश १ का मुख्यमन्त्रीले यो कुराको समन्वय गर्ने र सरकारले भरपर्दो समन्वय गर्ने वचन दिए ।

आगो नियन्त्रणमा आइसकेको र सुरक्षाकर्मीले उद्धारको काम गरेको प्रधानमन्त्रीले बताए । ‘मलाई अत्यन्त दुःख लागेको छ, हाम्रा बस्तीहरु जल्नु ज्यादै दुःखको कुरा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा सुरक्षाकर्मीहरु त्यहाँ पुगिसकेका छन् । उद्धार गर्ने कामहरु गरिसकेका छन् ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds