पोखरा महानरपालिका ६ र ७ को सिमा नुवारथोक र जरेवरको बिचमा रहेको बुलौदी खोला क्षेत्रको मुख्य सडकमा दुर्घटना बढेपछि स्थानीयले दुर्घटना न्यूनिकरण गर्न पहल थालेका छन् ।
लेकसाइड जाने मुख्य सडकमा रातको समयमा बढी दुर्घटना हुन थालेपछि नुवारथोक टोल विकास संस्थाको पहलमा सरोकारवाला निकायको सहभागीतामा आइतबार अन्तरक्रिया कार्यक्रम भएको हो । आयोजक संस्थाका अध्यक्ष दामोदर बरालले लेकसाइड जाने व्यस्त सडकको बिचमा रहेको डिभाइडरमा संकेत चिन्ह नहुँदा सडक दुर्घटना बढेको बताए ।
फागुन महिनामा मात्र दुई छुट्टा छुट्टै दुर्घटनामा दुई जना युवकको ज्यान गएको उनले सुनाए । हरेक महिना कुनै न कुनै सडक दुर्घटना हुने भएकोले डिभाइडरमा संकेत दिने चिन्ह राख्न र हिट एण्ड रनको घटना पनि हुने गरेकोले सिसि क्यामेरा जडान गर्न नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बरालले जोड दिए ।
कार्यक्रममा नागरिक समाज पोखराका पूर्व संयोजक रामबहादुर पौडेलले सडक दुर्घटना न्यूनिकरण गर्न सरोकावाला अड्डाले बेलैमा पहल गर्नु पर्नेमा जोड दिए । नेपाली कांग्रेस पोखरा ७ का सभापति नविनराज बरालले नुवारथोक—बुलौदी—जरेवर क्षेत्रको ओरालोमा पहिले देखि नै सडक दुर्घटना धेरै हुने भएकोले दुर्घटना न्युनिकरणका लागि वैज्ञानिक रुपमा सडकको सुधार गर्नु पर्ने बताए । त्यसै गरी डिभाइडरमा रातमा टल्कने गरि कुनै संकेत चिन्ह नहुँदा मोटरसाइकल, कार रातमा डिभाइडरमा ठोक्कीएर धेरै जसो दुर्घटना हुने गरेको नुवारथोक टोल विकास संस्थाका पूर्व अध्यक्ष ठाकुरप्रसाद बरालले बताए । उनले दुबै तर्फ ओरालो भएका कारण सडक दुर्घटना बढि हुने गरेको बतार्दै पुल क्षेत्रको भागलाई करिब १ मिटर उचाइ बढाउनु पर्ने बताए ।
पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र बरालले डिभाइडरमा संकेत चिन्ह राख्ने र रंगरोगन लगाउँने काम छिट्टै सुरु हुने बताए । पोखरा महानगरपालिका ६ का कार्यवाहक अध्यक्ष हरिकृष्ण पहारीले जरेवर र नुवारथोक क्षेत्रमा सिसि क्यामरा राख्न पहल गर्ने सुनाए । पोखरा महानगरपालिकाका इन्जिनियर सुरेन्द्र पौडेलले ओरालो सडक हुनु र नयाँ बनेको पीचको कारण सवारी चालकले स्पीड बढी गर्दा दुर्घट्ना बढेकोले दुर्घट्ना न्यूनिकरण गर्न आवश्यक पहल गरिने बताए । सडक दुर्घटना न्युनिकरण गर्न नागरिक र सुरक्षाकर्मी संगसंगै मिलेर काम गर्नु पर्ने वडा प्रहरी कार्यालय बैदाम प्रमुख डिएसपी चिनिमाया तामाङले बताइन् ।
कार्यक्रममा समाधान राष्ट्रिय दैनिकका अध्यक्ष उमनाथ बराल, पोखरा पिस क्लवका अध्यक्ष सुजन बराल, जरेवर टोल विकास संस्थाका अध्यक्ष रामु न्यौपाने, नुवारथोक टोल विकास संस्थाका पूर्व अध्यक्ष संजय पौडेल, जरेवर टोल विकास संस्थाका सचिव ईश्वर बराल, स्थानीय मुन्ना साह लगायतले सडक दुर्घना न्यूनिकरणका लागि पहल गर्नु पर्ने बताएका थिए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’