ओलीका अगाडि आत्मसमर्पण गरेको छैन र गर्ने पनि छैन: वामदेव गौतम

ओलीका अगाडि आत्मसमर्पण गरेको छैन र गर्ने पनि छैन: वामदेव गौतम

bamdev-gautam-speaking

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओली अगाडि आफूले आत्मसमर्पण नगरेको स्पष्ट पारेका छन्। शनिबार साँझ सचिवालयमार्फत एक प्रेस नोट जारी गर्दै गौतमले केपी ओली पार्टी अध्यक्ष रहे पनि उनका कार्यशैली गलत भएको बताएका छन्।

‘केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ। त्यसलाई समूह भन्न मिल्दैन। तर, उहाँको कार्यशैली गलत छ। उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन। गर्ने पनि छैन’, उनले भने। यस्तै गौतमले शनिबारको केन्द्रीय कमिटी बैठकले पार्टीका ४ जनामाथि स्पष्टिकरण सोधिएको विषयमा पनि आपत्ति जनाए।

‘पार्टीभित्र रहेका कमरेडहरुलाई उहाँहरुको अनुपस्थितिमा कुनै कारवाही गर्न मिल्दैन,’ उनले भने, ‘फागुन २८ को बैठक केन्द्रीय कमिटीको थिएन। त्यसले गरेका निर्णय फिर्ता लिनैपर्छ।’

यस्तै, गौतमले आफू अहिले पनि पार्टी एकताको पक्षमा नै रहेको भन्दै उद्देश्य पूरा नहुँदासम्म अभियान जारी राख्ने उल्लेख गरेका छन्। ‘म पार्टी एकता राष्ट्रिय अभियानमा छु। उद्देश्य पूरा नहुँदासम्म अभियान जारी रहने छ’, उनले भनेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds