तनहुँको व्यास नगरपालिका-११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिरको पुनःनिर्माण शुरु गरिएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा मन्दिर पुनःनिर्माण शुरु गरिएको हो ।
सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिरको पुनःनिर्माण शुरु गरिएको वडाध्यक्ष नीरबहादुर खड्काले जानकारी दिए । खड्काका अनुसार विभागको रु ५० लाखको लागतमा मन्दिर पुनःनिर्माण शुरु गरिएको हो ।
“तनहुँसुरमा रहेको दरबारको दुई वर्ष अगाडि पुरातत्व विभागले उत्खनन गरेको थियो, सोही दरबारको नजिकै रहेको खड्गदेवी मन्दिरको अहिले पुनःनिर्माण भइरहेको छ”, उनले भने, “जीर्ण अवस्थामा रहेको मन्दिर पुरानैशैलीमा पुनःनिर्माण गरिनेछ ।
उक्त मन्दिरमा तत्कालीन सेनवंशीय राजाले पूजाआजा गर्ने गरेको किंबदन्ती छ । खड्गकालिकाको शेषका रुपमा व्यास–४ दमौलीमा पनि तनहुँकालिका मन्दिर निर्माण गरिएको छ । चालू आर्थिक वर्षभित्रै मन्दिर पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य छ । ठेकेदारमार्फत मन्दिरको पुनःनिर्माण भइरहेको र त्यसका लागि स्थानीय कालीगढ पनि प्रयोग गरिनेछ । दैनिक १२ कामदार मन्दिर पुनःनिर्माणका लागि खटिएका छन् ।
कोरोना कहरपछि तनहुँसुर घुम्ने गन्तव्यका रुपमा विकास भइरहेको छ । सोही कारण यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा आएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि खाना तथा आवासको सहज व्यवस्थापन देवस्थल सामुदायिक घरबास सञ्चालनमा आएको छ ।
तनहुँको नाम तनहुँसुरबाट अप्रभङस भएर रहेको भन्ने किम्बदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र पछिका आठ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास छ ।
तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढी, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।
तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा कास्कीका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । तनहुँसुरसम्म पुग्ने खड्गदेवी मोटरमार्गको छ किलोमिटर खण्ड कालोपत्रको तयारी थालिएको छ । सङ्घीय सरकारको रु पाँच करोड र नगरपालिकाको रु पाँच करोड लागतमा सडक कालोपत्रको तयारी भइरहेको छ ।
सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए । तनहुँसुरका बारेमा प्रकाशित पुस्तक ‘मोतीको माला’ मा उल्लेख भए बमोजिम राजा मुकुन्दसेनको मृत्यु परोणान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले स्वतन्त्र राज्य घोषणा गरेको ईतिहास छ ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’