सरकारलाई सांसदको प्रश्‍न : लिपुलेक कहिले फिर्ता आउँछ ?

सरकारलाई सांसदको प्रश्‍न : लिपुलेक कहिले फिर्ता आउँछ ?

samsad_bhawan

नेपाली कांग्रेसका सांसद जीप छिरिङ लामाले लिपुलेक कहिले फिर्ता आउँछ ?  भनी सरकारलाई सोधेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘दार्चुलाको लिपुलेक भारतमा पर्यो भनेर सरकारले नक्सा पारित गर्‍यो । सबै राजनीतिक पार्टीले एकमतले पास गर्‍यो ।

सरकारले लोगो पनि माननीयलाई बाँड्यो । तर, जग्गा जमिन कहिले फिर्ता आउँछ ? जमिन अर्काको देशमा राख्ने अनि लोगो लगाएर हिड्ने ? लोगो मात्रै लगाएर हिड्ने कि जमिन फिर्ता आउँछ” ?’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमणमा जाँदा यो विषयमा कुरा गर्न खोजेको तर, भारत सरकारले सुन्न नचाहेको उल्लेख गर्दै सांसद लामाले नयाँ नक्सा अनुसारको जमिन फिर्ता ल्याउने के पहल भइरहेको छ भनी सोधेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds