प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका काममा सरकारी निकायबीच तालमेल हुन जरुरी रहेको बताएका छन् ।
शुक्रबार भृकुटीमण्डपमा मेलम्चीको पानी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तालमेल नमिल्दा केही कामहरु भद्रगोल हुनपुगेको अब त्यस्तो हुन नदिने बताए । ‘केही तालमेलहरु मिलाउन बाँकी छ ।
सहकार्य गर्दा सहकार्यको तरिकाले अगाडि बढ्न जरुरी छ सरकारी निकाय र मन्त्रालयबीच समन्वय हुन जरुरी छ’, प्रधानमन्त्रीले भने, ‘एउटाले बाटो बनाउँदै जान्छ अर्काले भत्काउँदै जान्छ । अव त्यस्तो हुनुहुँदैन ।’
उनले सरकारले सबैभन्दा पहिला मानिसको जीवन रक्षालाई प्राथमिकता दिएको भन्दै कोरोना महामारीकाबीच पनि विकास निर्माणले तीव्रता पाएको बताए । उनले त्यसको फलस्वरुप लामो प्रतिक्षाको विषय बनेको मेलम्चीको पानी काठमाडौबासीका धारामा खसाल्न सम्भव भएको दावी गरे ।
उनले सरकारले देश विकासमा सवै सामर्थ्य खर्च गरिएको पनि बताए । साथै उनले सरकारी सेवा प्राप्त नगरेका सेवाग्राहीले कुनै सेवा शुल्क र जरिवाना तिर्न नपर्ने बताए ।
उनले मेलम्चीको पानी वितरण गर्नुलाई खुसीको दिन भन्दै चौतर्फी रुपमा विकासका काम गरिरहेपनि केही तालमेल मिलाउन बाँकी नै रहेको बताए । उनले सरकारले कोरोनामा परीक्षण र उपचार निशुल्क गरेकाले वीमा गरिनु जरुरी नभएको भन्दै त्यो आवश्यक नभएकाले सच्याउन जरुरी रहेको पनि बताए ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो